logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छः गोपाल किराँती

कारबाहीमा परेकाले पार्टीबाट निकालेको सुन्दा अनौठो लागिरहेको छः गोपाल किराँती


363
SHARES

काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को एक पक्षले पार्टी अध्यक्ष गोपाल किरातीलाई कारबाही गरेको छ ।

एनेकपाका नेता आलोक रायमाझी पक्षले किरातीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको दाबी गरेको छ ।

माघ १४-१८ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले किरातीले पार्टी अध्यक्ष भइरहँदा गम्भीर प्रकारको गद्धारी गरेको

निष्कर्ष निकाल्दै उनलाई गद्धार घोषित गरी पार्टी अध्यक्षसहित साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जनाएको छ। उनलाई कारबाही गर्दै रायमाझीलाई अध्यक्ष बनाइएको विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच किरातीले भने पार्टीले स्पष्टीकरण सोधेको व्यक्तिले आफूलाई कारबाही गरेको सुन्दा अनौठो लागेको बताए। रायमाझीले निर्वाचन आयोगमा कागजपत्र र लेखापरीक्षण बुझाउने

जिम्मेवारी पार्टीबाट पाएको भएपनि पूरा नगर्दा पार्टीले आयोगमा जरीवाना तिर्नु परेको विषयमा पार्टीले स्पष्टीकरण सोधेको थियो ।

माघ २१ गतेसम्मको समयसीमा तोकेर सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारबाही गरेको किरातीको भनाइ छ।

अध्यक्ष गोपाल किराँतीलाई ‘गद्धार’ घोषणा गर्दै पार्टीबाट निष्काशन

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij