logo
बुधबार, असोज १४ २०८३
  • ट्रेन्डिङ
बाबुरामको छोरी मानुषी ओली निवास बालकोटमा

बाबुरामको छोरी मानुषी ओली निवास बालकोटमा


763
SHARES

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई र ज्वाई जेकेन्द्र श्रेष्ठ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।

गत बुधबार साँझ भएको भेटको तस्वीर मानुषीले शुक्रबार फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले भेटमा ‘समसामयिक राजनीतिक विषय’मा छलफल भएको बताइन् ।

उनका अनुसार भेटमा अध्यक्ष ओलीले नेपालको राजनीतिको विगत र वर्तमानको अवस्थाबारे बताएका थिए । करिब दुई घण्टा लामो भेटमा ओलीले मुलुकमा बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएको भट्टराईले बताइन् ।

‘मलाई पहिलेदेखि नै भेट्न मन लागेको थियो, त्यो कुरा उहाँसम्म पुगेछ र मलाई बोलाउनु भयो । त्यसपछि हामी भेट्न गयौं,’ उनले भनिन्, ‘भेटमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भए । उहाँ (केपी ओली)ले बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ भन्नुभयो ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij