दैनिक न्युज नेपाल
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सामाजिक सेवा विभाग प्रमुख एवं युवा नेता विनोद राईले खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बिभिन्न विद्यालयमा २७९ वटा झोला बितरण गरेका छन् ।
छितापोखरी जनसेवा माध्यमिक विद्यालयमा १२९, टेम्मामै रहेका दुई विद्यालय शान्ति माध्यमिक विद्यालयमा १३० र शिक्षा आदर्श सदन प्रा.विमा ३० वटा झोला बितरण गरेका छन् ।
शुक्रबार विद्यालयमा झोला बितरण गर्दै उनले भने,– समुदायिक विद्यालयमा पहिले र अहिलेमा केही फरक छ तर राज्यले दिनुपर्ने ध्यान र लगानी पुगेको छैन् ।
आफुले पाउँदाको भन्दा दिदाको खुशी नै बेग्लै हुने बताए ।
झोला बितरणको क्रममा बिभिन्न विद्यालयहरुले पनि उनलाई सम्मान गरेको थियो ।
उनी राजनीतिसँगै सामाजिक सेवामा निकै सक्रिय रहदै आएका छन् ।
पछिल्लो समय गाउँका विद्यालयहरुमा बिभिन्न कारण विद्यार्थीहररुको संख्या घट्दै गइरहेको र रहेका विद्यालयहरुमा पनि धेरै समस्या रहदै आएको छ ।










© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij