logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अध्यक्ष गोपाल किराँतीलाई ‘गद्धार’ घोषणा गर्दै पार्टीबाट निष्काशन

अध्यक्ष गोपाल किराँतीलाई ‘गद्धार’ घोषणा गर्दै पार्टीबाट निष्काशन


985
SHARES

काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टीले (एनेकपा)ले संस्थाप गोपाल किराँतीलाई निष्काशन गरेको छ ।

उनले नेकपा एमालेसँग एकता गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट बाहिरिएर एनेकपा गठन गरेका थिए ।

किराँतीले एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गरेको बर्ष दिन पनि नपुग्दै उनकै पार्टीले ‘गद्धार’ को संज्ञा दिँदै निष्काशन गरेको हो ।

एनेकपाको १४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले किराँतीलाई ‘गद्धार’ घोषणा गर्दै पार्टीको नयाँ नेतृत्वमा आलोक रायमाझीलाई सर्वसम्मत चयन गरेको छ ।

‘१४–१८ माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गोपाल किराँतीलाई गद्धार घोषणा गर्दै निष्काशनको कारवाही गरेको छ ।

साथै, उक्त बैठकले आलोक रायमाझीर्लाइ सर्वसम्मतिले केन्द्रीय समिति अध्यक्ष निर्वाचित गरेको छ,’ एनेकपाद्वारा जारी सूचनामा भनिएको छ, ‘यसबीचमा अदालतको फैसालाले हाम्रो संगठन माओवादी केन्द्रको पहिचान खोसियो र फेरि प्रचण्डलाई नै जर्वजस्ती माओवादी केन्द्र थमाइयो ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij