logo
बुधबार, असोज १४ २०८३
  • ट्रेन्डिङ
एमाले सांसदको प्रश्नः नेपालको राष्ट्रपतिको नाम विदेशीले दिने, कस्ता दिन आए ?

एमाले सांसदको प्रश्नः नेपालको राष्ट्रपतिको नाम विदेशीले दिने, कस्ता दिन आए ?


469
SHARES

काठमाडौं । सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्तले नेपालमा राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव आएको र एक पूर्वप्रध्यापकले नाम नै सिफारिश गरेकोप्रति आपत्ति जनाएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमा सभामुखसँग समय लिएर सांसद पन्तले यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे।

‘नेपालको राष्टपति को हुने भन्ने कुरा जेएनयूका पूर्वप्रोफेसरले नेपालका पूर्वराजदूतको नाम उपयुक्त हुन्छ भनेर प्रस्तुत भए, कस्तो दिन आयो ?’ सांसद पन्तले सरकारसँग सोधे, हाम्रो राजदूत हुनुहुन्थ्यो नीलाम्बर परराष्ट्रमन्त्रीसँग भेट गर्न धेरै कोसिस गर्नुपर्थ्यो । राष्ट्रपतिको चुनाव अगाडि विदेश सचिव नेपाल आउँछन्, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई भेट्छ । हाम्रो सचिव विदेश जाँदा यही ढंगको ट्रिट पाउँछ? सबैलाई भेटाउँछौं, यो राष्ट्रिय सम्मानको कुरा हो?’

राणा शासनमा समेत देशको मर्यादाका लागि काम भएको स्मरण गर्दै उनले सोधे, दक्षिण एसियाको आजसम्म पराधीन नभएको देश हो, यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्वीटमा हेर्नुपर्ने?’ भारतीय प्रोफेसर एसडी मुनीले राष्ट्रपतिका लागि ४ जनाको नाम सिफारिश गरेका थिए ।

यस्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्राले हालै नेपाल भ्रमणको क्रममा राष्ट्रपति चुनावबारे चासो व्यक्त गरेका थिए ।

‘विदेशीसँगको भेटलाई नियमित गरियोस्, देशको स्वाभिमानका लागि नगरी नहुने भयो, उनले भने ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij