दैनिक न्युज नेपाल
काठमाडौं । सिद्धिचरण नगरपालिका–४ रुम्जाटारस्थित शिव मन्दिरमा महाशिवरात्रीका दिन पूजा गर्न खोज्दा दलित समुदायका ब्यक्ति विभेदमा परेका छन्।
स्थानिय शिक्षिका कृष्णकुमारी गजमेरका अनुसार उनकी आमालाई मन्दिरमा पूजा गर्नबाट वञ्चित गरिएको थियो। गजमेर मन्दिरमा गएर प्रतिवाद गरेपछि गुरुङले मन्दिरको गेट लगाएका थिए। यो घटना सञ्चारमाध्यममा सार्वजनिक गर्ने भनेपछि अगुवा गुरुङले ढोका खोलेको उनले सुनाइन्।
यसअघि पनि महाशिवरात्रीको अवसरमा पुजाआजा गर्न आएका दलीत समुदायका ब्यक्तिहरुलाई मन्दिरको रेखदेख गर्दै आएका अगुवा लक्ष्मण गुरुङलगायतले अवरोध गरेका छन्। पुजाआजाका लागि आएका अन्यलाई सहजीकरण गरेका गरिरहेका गुरुङले दलित समुदायका ब्यक्ति आउनासाथ मन्दिरमा पुजाआजा गर्न मिल्दैन भनेर रोक लगाएको थिए ।
सो घटना सार्वजनिक भए पछि मन्दिरका पुजारीलाई जुठो परेकाले पूजाआजा नभएको तर मन्दिरमा रोक नलगाएको भन्दै गुरुङले जवाफ दिएको अधिकारकर्मीहरुले जनाएका छन ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij