दैनिक न्युज नेपाल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आठ प्रतिशतको आर्थिक वृद्धिदर नहुने बताएका छन्।
प्रतिनिधिसभालाई सम्बोधन गर्दै बजेटको अर्धवार्षिक समीक्षा गर्दै उनले ८ प्रतिशत आर्थिक वृदिदर नहुने बताएका हुन्।
कृषितर्फ धानको उत्पादन वृद्धि र पर्यटन क्षेत्रमा क्रमशः सुधार हुँदै गएको देखिएको छ, मन्त्री पौडेलले भने, तर उत्पादन मुलक उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले आर्थिक गतिविधिमा सुस्तता आएको देखिन्छ।
अर्थमन्त्री चालू आर्थिक वर्षको वार्षिक समीक्षाको विषयमा जानकारी गराएका हुन्।
आर्थिक कार्यविधिअनुसार माघ मसान्तभित्र अर्धवार्षिक समीक्षा गर्नुपर्ने व्यवस्था रहेको छ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij