logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
धनुषामा हिरासत फोरेर ६ थुनुवा फरार

धनुषामा हिरासत फोरेर ६ थुनुवा फरार


587
SHARES

काठमाडौं । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर छ जना थुनुवा फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सातमध्ये छ जना गएराति फरार भएका हुन् । फरार हुनेमा दुईजना हातहतियार, तीनजना शान्ति सुरक्षा र अभद्रव्यवहार तथा एकजना लागुऔषध मुद्दामा थुनुवा रहेका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुए।

हिरासतमा एकजना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् । इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij