logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
विश्वमा आर्थिक मन्दी आउँदैछ, नेपालमा महँगी थप बढ्नसक्छः स्वर्णिम वाग्ले

विश्वमा आर्थिक मन्दी आउँदैछ, नेपालमा महँगी थप बढ्नसक्छः स्वर्णिम वाग्ले


519
SHARES

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्र सन् २००८ पछि मन्दीमा जाने देखिएको बताएका छन् ।

बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र स् अबको बाटो विषयक कार्यक्रममा उनले सन् २०२३ देखि नीतिगत समन्वय गर्न नसक्ने हो भने अर्थतन्तन्त्र झनै तल खस्किने अवस्था देखिएको बताए ।

‘विश्व अर्थतन्त्रको वृद्धिदर १।७ प्रतिशतको अनुमान कम मानिन्छ, अन्तर्राष्ट्रिय मुद्रा कोषको ताजा अध्यावधिक अनुमान आउँछ । त्यो हेरेर थप विश्लेषण गर्न सकिन्छ, उनले भने, भारतको अवस्था अलि राम्रो छ । विकसित मुलुकमा मूल्यवृद्धि पेचिलो बन्दै गएको छ । कोभिड.१९ र रसिया र युक्रेनको युद्धको प्रभाव विश्व अर्थतन्त्रमा परेको हो । यसले नेपाल जस्ता मुलुकलाई थप असर पर्न जाने र महँगी थप बढ्न सक्ने उनले बताए ।

नेपाल विश्व अर्थतन्त्रसँग प्रत्यक्ष वैदेशिक लगानी, निर्यात, पर्यटनमा कम निर्भर छ, मुख्य स्रोत रेमिट्यान्स हो । जुन सन्तोषजनक देखिएको छ, उनले भने, हामी केही जोगिन सक्छौं । हाम्रो क्षेत्रीय अर्थतन्त्रका कारण त्यति जोखिम भने नहोला ।

उनले नेपाल भित्र उठाएको राजस्वले चालू खर्च धान्न सक्ने देखिएको अवस्था देखिए पनि अनुदान भने सोचेजस्तो उठाउन नसकेको बताए । ‘ऋण बढ्दैछ, ५५ अर्ब अनुमान गरेको अनुदान ५ अर्ब उठेको छ, आगामी बजेटमा यति ठूलो अनुमान नगरौ, उनले भने, चालु खर्च तीब्र छ, पूँजीगत खर्च कम छ, यो चिन्ताजनक अवस्था हो, थाती राखेका सुधारका काम गर्नुपर्छ ।

उनले संक्रमण भन्दै पन्छाएको ठूलो कर्मचारी संऋयामा पुर्नविचार गर्नुपर्ने बताए । श्रीलंकाले सेनाको संख्या कटौती गरेको भन्दै स्टन्डका लागि नभई, क्रमशः चालु र पूँजीगत खर्चको ग्याप कम गर्न लाग्नुपर्ने उनले बताए ।

उनले सामाजिक सुरक्षामा मात्रै २ खर्ब खर्च हुने भन्दै त्यसलाई थेग्न नसकिने बताए । सामाजिक सुरक्षामा हुने खर्चलाई विश्लेषण गर्न आवश्यक रहेको उनले बताए ।

उनले खर्च पुनरवलोकन आयोगका सुझाव सम्बोधन गर्नुपर्ने, सार्वजनिक संस्थान रिफर्म गर्नुपर्ने बताए । ‘समग्र बजेटको आकार किन बढायौ रु,’ उनले भने, ‘यसलाई विश्वसनीय बनाउँदै राजस्व र खर्चलाइ यथार्थपरक बनाउनुपर्छ ।’

उनले अर्थमन्त्री विष्णु पौडेललाई राजस्व बढाउने, खर्च घटाउने गरि टाक्स फोर्स बनाएर काम गर्न सुझाव दिए । ‘हामी नयाँ अभ्यासमा जाउँ । निर्यात धेरै कमजोर भयो, आजको भोलि नै यसमा कायापलट हुन्न, १०र१५ वर्षका योजना बनाएर जानुपर्छ, उनले भने, निर्यातमा राज्यले सहयोग गर्दै जुन क्षेत्रमा सम्भावना छ, त्यसमा जग हालौ, रेमिटान्समा अझै ८र१० वर्ष निर्भर रहने अवस्था छ ।’ उनले अर्थमन्त्री पौडेललाई पर्यटनमा क्षेत्रमा ध्यान दिन सुझाव दिए ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij