logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो

सम्पदा संरक्षणमा काठमाडौं महानगरले गरेका कामप्रति राष्ट्रपतिको चासो


132
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाका सँस्कृति र सम्पदा संरक्षणमा चासो व्यक्त गरेकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई आज बिहान शीतल निवासमा बोलाएर उनले महानगरपालिकाले गरेका कामबारे चासो राखेकी हुन् ।

राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले राष्ट्रपतिबाट सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो व्यक्त हुँदै आएको र सोही अन्तर्गत आज काठमाडौंका मेयर र उपमेयरसँग छलफल गरेको बताए ।

उनले भने, राष्ट्रपति ज्युले हाम्रा सम्पदा सँस्कृतिको संरक्षणका सम्बन्धमा विशेष चासो राख्दै आउनुभएको छ । उहाँकै चासो अनुसार कतिपयको जिर्णोद्धार पनि भएको छ । यिनै विभिन्न विषयमा मेयर र उपमेयरसँग पनि छलफल गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीले सुन्धारा, टुँडिखेल, खुलामञ्च लगायतका क्षेत्र तथा काठमाडौं उपत्यकामा विभिन्न समयमा निकालिने जात्राको व्यवस्थापनलगायतका विषयमा चासो राखेको स्रोतले बतायो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij