logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
हाम्रो चुनावी एजेण्डा परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउनेः रामचन्द्र पौडेल

हाम्रो चुनावी एजेण्डा परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउनेः रामचन्द्र पौडेल


241
SHARES

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावमा जाने बताएका छन् ।

विजया दशमीका अवसरमा भिडिओ सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका हुन् । पौडेलले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको बताएका छन् ।

पौडेलले सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ । पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’

उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूति भइरहेको बताएका छन् । उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् । पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् ।

पौडेलले भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ । मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं ।’

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृत्तिहरूलाई निरुत्साहित पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षमता र नैतिक शक्तिको आवश्यकता हुने बताए ।

उनले भनेका छन्, ‘प्रवुद्ध वर्गलाई अपिल गर्न चाहन्छु । अहिले नेपालको अवस्था के हो, कुन प्रवृत्तिले मुलुकलाइ पछाडि धकेल्ने खोजेका छन् । यी कुरालाई ध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन । जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजको विकल्प हो ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij