logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
बाबुरामलाई बालेनको जवाफ– हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि

बाबुरामलाई बालेनको जवाफ– हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि


362
SHARES

काठमाडौं । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।

उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।

नेसपा अध्यक्षसमेत रहेका डा.भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए । त्यस सम्बन्धी अनलाइनखबरको समाचार बाबुरामले सेयर गरेका छन् । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij