logo
बिहिबार, असोज २० २०७९
वाई-फाई नेपालले गरायो ३० एमबीपीएस इन्टरनेटलाई ५० एमबीपीएसमा निःशुल्क अपग्रेड

वाई-फाई नेपालले गरायो ३० एमबीपीएस इन्टरनेटलाई ५० एमबीपीएसमा निःशुल्क अपग्रेड


146
SHARES

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले नियमित ग्राहकहरुलाई लक्षित गरेर दशैं अफर ल्याएको छ । कम्पनीको यस अफर अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकहरुले निःशुल्क रुपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने भएको छ ।

यसको अर्थ पहिले ३० एमबीपीएस इन्टरनेट जडान गरिरहेका ग्राहकहरुले अब उहि शुल्कमा ५० एमबीपीएसको इन्टरनेट सेवा प्राप्त गर्नेछन् ।

त्यसैगरी पहिले ५० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका प्रयोगकर्ताहरुले ३० एमबीपीएसकै शुल्क तिरेर ५० एमबीपीएसको नवीकरण गर्न सक्नेछन् ।

अब भने वार्षिक रुपमा रु ६२१५ (छ हजार दुई सय पन्ध्र ) रुपैयाँ तिरेर नयाँ ग्राहकले ५० एमबीपीएस गतिको इन्टरनेट जडान गर्ने सक्नेछन् । यस्तै वाई-फाई नेपालले आफ्नो सेवामा ८० एमबीपीएस गतिको सुविधा पनि ल्याएको छ ।

जस अन्तर्गत रु ८४७५ (आठ हजार चार सय पच्चहतर रुपैयाँ)मा एक वर्षका लागि ८० एमबीपीएस गतिको इन्टरनेट जडान गर्न सक्ने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत ग्राहकले न्युनतम तीन महिनाको सेवा शुल्क तिरे पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार