logo
बिहिबार, असोज २० २०७९
रत्नपार्कमा खुल्यो विद्युतीय सवारीको चार्जिङ स्टेसन

रत्नपार्कमा खुल्यो विद्युतीय सवारीको चार्जिङ स्टेसन


136
SHARES

काठमाडौं । रत्नपार्कस्थित विद्युत् प्राधिकरणले आफ्नो प्रांगढमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । सो स्टेसनको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् ।

उद्घाटनका क्रममा मन्त्री भुसालले स्वदेशमै विद्युत्को खपत बढाउन चार्जिङ स्टेसन महत्त्वपूर्ण भएको बताइन् । देशका विभिन्न शहरमा प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ ।

प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिने छ ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । साथै सशस्त्र प्रहरीले सञ्चालन गर्नेगरी १७ वटा र नेपाल

प्रहरीले सञ्चालन गर्नेगरी २५ ठाउँमा चार्जिङ स्टेसन बनाउन प्राधिकरणले सम्झौता गरेको छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ ।

देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको छः मन्त्री भुसाल

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताएकी छन्।

मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताइन्।

उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताइन्। मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन्।

उनले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढे पनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बताइन्। उनले रूस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा शंकट भएको बताइन्। मन्त्री भुसालले विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन्। उनले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताइन्।

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताइन्। उनले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्यधिक रहेको बताइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार