दैनिक न्युज नेपाल
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्क वरपरका अवैध संरचना भत्काउन सुरु गरेको छ।
आइतबार बिहान महानगरपालिकाको टोलीले रत्नपार्क वरपर फुटपाथ मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको हो।
महानगरको डोजरले रत्नपार्कको सबवेसँगैका संरचना भत्काइदिएको छ।
पछिल्लो समय काठमाडौं महानगरपालिकाले पार्किङ तथा फुटपाथ मिचेर बनाइएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij