दैनिक न्युज नेपाल
काठमाडौं । राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको रकमसहित पक्राउ परेका ४ जनाविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।
विभागले नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवास जंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध मुद्धा दायर गरेको हो ।
विभागले उनीहरुविरुद्ध विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजुको संयुक्त टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ६९ लाख रुपैयाँ भेट्टाएको थियो ।
अनुसन्धानका क्रममा अवैध हुन्डी कारोवार गरेको रकम भएको खुलेको थियो ।
जसमा जापानमा रहेका भनिएका प्रज्वल ढुंगानाले सुवास जङग पाण्डेलाई भने मुताविक सुवास जङग पाण्डेले नवराज र फणिन्द्रलाई वरामदित उक्त रकम उपलब्ध गराएको देखिएको विभागको भनाइ छ ।
उनीहरूले नेपालमा आउनुपर्ने विदेशी मुद्रा विदेशमै राखी बरामद भएको नेपाली रुपैया बरावरको विदेशी मुद्राको अवैध कारोवार गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३९१०, ४९१०, ५, ९(ग) तथा १२ विपरितको कसुर गरेको देखिएको विभागको भनाइ छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij