दैनिक न्युज नेपाल
काठमाडौं । अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतीय नागरिक ४३ वर्षीय अंकुर घनश्याम भाइ पटेललाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
उनका अनुसार पटेल शनिबार फ्लाई दुबईको जहाजबाट दुबई जान लागेका थिए। उनले अवैध रूपमा विदेशी मुद्रा लैजान लागेका थिए।
प्रहरीका अनुसार जाँच गर्ने क्रममा उनको ब्यागेजमा तीन हजार ६ सय एक अमेरिकी डलर, दुई हजार एक सय ३० पाउन्ड स्टर्लिङ फेला परेको हो।
यस्तै तीन हजार ४०० युरो, चार हजार ४६५ संयुक्त अरब इमिरेट्सको दिराम र चार हजार ६५० केन्या स्टर्लिङ फेला परेको थियो।
प्रहरीले उनीहरूलाई अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाएको छ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij