logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
बार्सिलोनाका रिकु पुच अमेरिकी क्लबमा अनुबन्धित

बार्सिलोनाका रिकु पुच अमेरिकी क्लबमा अनुबन्धित


307
SHARES

काठमाडौं । स्पेनको युवा टोलीबाट प्रतिनिधित्व गरिसकेका रिकी पुच क्याटलान क्लब बार्सिलोना छाड्दै अमेरिकी मेजर लिग सकर ९एमएलएस० क्लब एलए ग्यालेक्सीमा अनुबन्धित भएका छन् ।

२२ वर्षीय पुचले ९ वर्षको बार्सिलोना बसाई अन्त्य गर्दै एलए ग्यालेक्सीसँग तीन वर्षको सम्झौता गरेका छन् । एलए ग्यालेक्सीले बार्सिलोनासँग पुनः खरिद गर्ने अधिकार र भविष्यमा हुने कुनैपनि बिक्रीको ५० प्रतिशत सुरक्षित राखेर टारगेटेड एलोकेसन मनी ९टिएएम० प्रयोग गरेर पुचलाई आबद्ध गरेको हो । उनी २०२५ को सिजनको अन्त्यसम्म रहनेछन् ।

स्पेनिस मिडफिल्डरले नोउ क्याम्पमा प्रशिक्षक जाभी हर्नान्डेजको पहिलो टोलीमा स्थान बनाउन नसकेपछि उनी नयाँ चुनौती लिदै अमेरिकी क्लब पुगेका हुन् । बार्सिलोनामा पुचको सम्झौता अझै एक वर्ष बाँकी रहँदा उनले नयाँ चुनौती लिने जोखिम मोलेका हुन् ।

‘हामी रिकीलाई एलए ग्यालेक्सीमा स्वागत गर्न पाँउदा खुशी छौं ।’ मुख्य प्रशिक्षक ग्रेग भान्नीले भने, ‘रिकी प्राविधिक क्षमताले भरिपूर्ण खेलाडी हुन् । जसको उमेर समूहमा अविश्वनीय अनुभवहरु छन् । रिकी हाम्रो समूह र खेल्ने शैलीमा निर्वाध फिट हुनेछ ।’

बार्सिलोनाले क्लबको आर्थिक भार कम गर्न यो समरमा स्टार खेलाडी भित्र्याउँदा क्लबमा रहेका औसतका खेलाडीलाई बिक्री गरिरहेको छ । बार्सिलोनाले यो समरमा फिलिपे कौटिन्हो, ओस्कर मिगुएजा, ड्यानी आल्भेस र रे मानाजलाई बिक्री गरिसकेको छ । फ्रान्सिस्को ट्रिन्काओ र क्लेमेन्ट लेङ्लेटलाई लोनमा पठाएका छन् ।

बार्सिलोनाको प्रशिद्ध ला मासिया एकेडेमीमा ५ वर्ष बिताएका पुचले सन् २०१८ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए । उनले बार्सिलोनाको थिए । तर, उनले बार्सिलोनाको सुरुवाती ११ मा स्थान बनाउन संघर्ष गर्नुपर्दा केवल ६० खेलमा मौका पाउँदा २ गोल गरेका छन् ।

यो समरमा बार्सिलोनाबाट बाहिरिने खेलाडीमा पुच अन्तिम हुनेछैन । बार्सिलोनाले जुल्स कुन्डे र रोबर्ट लेवान्डोस्कीलाई ला लिगामा दर्ता गर्न अरु खेलाडी पनि बिक्री गर्नुपर्ने सुचीमा छ ।

मेम्फिस डिपाए प्रिमियर लिग फर्कने सम्भावना छ । मार्टिन ब्रेथवेट र मिरालेम प्यानिच उपयुक्त प्रस्ताव र क्लबको खोजीमा रहेका छन् । फ्रान्की डि जोङ आयाक्सका पुर्व प्रशिक्षक एरिक टेन ह्यागको म्यानचेस्टर युनाइटेडमा अनुबन्ध नजिक जोडिएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij