logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
तालिबानले गर्‍यो पूर्व सरकारी अधिकारीबाट १ करोड २४ लाख डलर जफत !

तालिबानले गर्‍यो पूर्व सरकारी अधिकारीबाट १ करोड २४ लाख डलर जफत !


351
SHARES

काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेको केन्द्रीय बैंकले पूर्व वरिष्ठ सरकारी अधिकारीबाट एक करोड २४ लाख डलरको नगद र सुन जफत गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले पूर्व सरकारका उपराष्ट्रपति अमरुल्लाह सलेह लगायतका वरिष्ट सरकारी अधिकारीबाट उक्त नगद तथा सुन जफत गरिएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार यी सबै पैसा तथा सुन उनीहरुको घरमा राखिएको थियो । तर, के प्रयोजनका लागि उक्त पैसा राखिएको हो भन्ने खुल्न सकेको छैन ।

पूर्व सरकारका उपराष्ट्रपति सलेह अहिले कहाँ छन् भन्ने थाहा छैन । उनले तालिबानविरुद्ध लड्ने बताउँदै आउका छन् । गत साता उनको परिवारका एक सदस्यले बताएअनुसार तालिबानले उनको भाइ रोहुल्लाह अजिजिको हत्या गरेको थियो ।

अर्को एक विज्ञप्तिमार्फत केन्द्रीय बैंकले अफगान नागरिकलाई आफ्नो मुलुकको राष्ट्रिय मुद्रा प्रयोग गर्न आग्रह गरेको छ । अफगानिस्तानको बैंक र कम्पनीमा अहिले पैसा अभाव देखिएको र विशेषगरी सबैभन्दा धेरै प्रयोग हुने अमेरिकी डलरको कमी भएको समाचार आएको थियो ।

तालिबानले पूर्व सरकारमा रहेका मानिसहरुको सम्पत्ति जफत गर्ने योजना बनाइरहेको केही संकेत देखिएको छ । गत साता केन्द्रीय बैंकले स्थानीय बैंकहरुलाई राजनीतिकरुपमा मुछिएका मानिसहरुको खाता प्रिmज गर्न निर्देशन दिएको दुई कमर्सियल बैंकरहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij