logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
जुम्लाका चौध जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

जुम्लाका चौध जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार


1K
SHARES

काठमाडौं । जुम्लाका चौध जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् ।

कृषि विकास कार्यालय जुम्ला र पशु अस्पताल तथा पशु सेवा कार्यालय ,जुम्लाको मूल्यांकनका आधारमा किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो।

कृषि तर्फ सात र पशु तर्फ सात जनालाई जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्यले पुरस्कार प्रदान गरेका हुन्।

जुम्लाका ८ वटै स्थानीय तहका कृषकहरू पुरस्कृत भएका हुन्। उनीहरुलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र उपलब्ध गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

कृषकको हरेक व्यवसायको मुल्यांकन गरेर पुरस्कारका लागि छनौट गरिएको थियो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द बहादुर महतले स्थलगत अनुगमनका आधारमा निष्पक्ष रुपमा वास्तविक व्यवसायीक कृषकलाई पुरस्कृत गरिएको बताए ।

महतले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताए। उनले कृषि क्षेत्रमा दिइने अनुदानका कार्यक्रम पनि एक प्रकारले पुरस्कार जस्तै भएको बताए।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले कृषकलाई उत्साहित गर्न यस कार्यक्रम लागु भएको बताए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij