logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
देशको व्यापार घाटा चिन्ताजनक अवस्थामा छः राष्ट्रपति

देशको व्यापार घाटा चिन्ताजनक अवस्थामा छः राष्ट्रपति


572
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म देशको स्वाभिमान उच्च हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आइतवार भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कृषि उपजमा अर्बौँ रुपैयाँको आयातले देशको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्‍याएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले युवाले राष्ट्रिय उद्यममा चासो दिएकोप्रति प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij