logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको आधारः राष्ट्रपति भण्डारी

कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको आधारः राष्ट्रपति भण्डारी


301
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार भएको बताएकी छन् ।

नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘कानुनी शिक्षा नै कानुनी राज्य स्थापनाको मुख्य आधार भएकाले सरकारले यसको दायरा बढाउन ध्यान दिनुपर्छ ।’

मुलुकमा मानवअधिकारको कार्यान्वयन, कानुनी शासनको बहाली तथा राज्य शक्तिलाई जनताको हीतमा लगाउने संविधानको भावना कार्यान्वयनमा गर्न समेत कानुनी शिक्षाको भूमिका हुने उनले बताइन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij