logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
सरकारसँग राष्ट्रपति असन्तुष्ट

सरकारसँग राष्ट्रपति असन्तुष्ट


327
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताबारे चासो राखेकी छन्।

केही दिनदेखि एसपिपीबारे चर्चापरिचर्चा चलिरहेका बेला राष्ट्रपति भण्डारीले केही पत्रकारसँगको भेटमा भनिन्, मैले जानेर वा नजानेर राष्ट्र हितविपरीत कुनै पनि काम गर्दिन ।’ राष्ट्रपति भण्डारीसँग मंगलबार एमालेनिकट प्रेस चौतारीमा आबद्ध केही पत्रकारले भेट गरेका थिए।

स्रोतका अनुसार भेटमा मुलुकको सार्वभौमसत्ता, स्वाभिमानलाई झुक्न दिन नहुने, नेपालको भूमिमा विदेशी शक्ति राष्ट्रहरूको चलखेल रोक्न सरकारले नै पहल

गर्नुपर्ने र त्यसो नभए राष्ट्रपतिले मुलुकको अभिभाकको भूमिका निर्वाह गर्नुपर्ने प्रसंग उठेपछि उनले आफूले जानेर वा नजानेर राष्ट्र हितविपरीतका कुनै पनि काम नगर्ने बताएकी हुन् ।

पत्रकारसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएको भन्दै चिन्ता प्रकट गरेकी थिइन् ।

-नागरिक दैनिकबाट

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij