logo
मंगलबार, साउन २६ २०८३
  • ट्रेन्डिङ
नाक, कान घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीतिहरु बनाउनुपर्छः राष्ट्रपति भण्डारी

नाक, कान घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीतिहरु बनाउनुपर्छः राष्ट्रपति भण्डारी


581
SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाली क्षेत्रमा नाक, कान घाँटी रोगको एउटै प्रकृति हुने गरेको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले नाक, कान घाँटी रोगको उपचारका लागि सबै राष्ट्रले अवलम्वन गर्न मिल्ने नीतिहरु बनाउनुपर्ने सुझाव दिइन् ।

उनले यस सम्मेलनबाट प्राप्त निष्कर्षहरुले सबैलाई मार्गदर्शन दिने विश्वास समेत व्यक्त गरिन् ।

दक्षिण एसियामा रोग, भोक, गरिबी र बेरोजगारी साझा चुनौती भएको बताउँदै उनले नेपालमा नाक, कान र घाँटी रोगको विषेश उपचार पद्धतिलाई ग्रामिण तहसम्म लैजानका लागि ठूलो चुनौती रहेको बताइन् ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij