दैनिक न्युज नेपाल
काठमाडौँ । एमसीसी बिरुद्ध कालो झण्डा देखाएर बिरोध गर्न अमेरिकन दुतावास पुगेका हेमराज थापा सहित ६ युवाहरु पक्राउ परेका छन ।

उनीहरु एमसीसीका अपाध्यक्ष फतिमा सुमारलाई कालो झण्डा देखाउँन जाने क्रममै प्रहरीले बिच बाटोबाटै नियन्त्रमा लिएको हो ।
पक्राउ पर्नेमा हेमराज थापा, कैलाश कटुवाल, नगेन्द्र देउजा लागायत छ जना युवाहरु रहेका छन ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरिय प्रहरी वृत महाराजगञ्जमा राखेको अभियान्ता हेमराज थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका छन् ।
देश भर एमसीसीको विरोधमा प्रर्दशन ब्यापक विरोध भईरहेको छ । एमसीसीका उपाध्यक्ष आउनु अघि नै देशभरको सुरक्षा स्थिति कडा पारिएको छ र गृहमन्त्रालयले एमसीसीको विरोधमा निस्कनेलाई कारर्वाही गर्न चेतावनी प्रेस विज्ञप्तीबाटै बताईसकेको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij