logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
त्रिवेणी गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा माओवादी विजयी

त्रिवेणी गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा माओवादी विजयी


623
SHARES

काठमाडौं । त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।

अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी बनेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै दुवै पदमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।

केसीले ८ सय ३६ को मतान्तरमा नेपाली कांग्रेसका अमरसिङ खड्कालाई पराजित गरे । ५ हजार १ सय २९ मत केसीको पक्षमा आएको छ भने ४ हजार २ सय ९३ मत खड्काको पक्षमा आएको छ ।

उपाध्यक्षमा निर्वाचित रेउलेको पक्षमा ५ हजार १ सय ४३ मत आएको छ भने उपाध्यक्षमा पराजित नेपाली कांग्रेसकी सृष्टि बाँठाको पक्षमा ४ हजार ३ सय १३ मत आएको छ । उपाध्यक्षको मतान्तर ८ सय ३० छ ।

१० वडा रहेको त्रिवेणीमा माओवादी केन्द्रले ५ वडा जितेको छ भने ४ वडा नेपाली कांग्रेसले जितेको छ ।

एउटा वडामा स्वतन्त्रको प्यानल विजयी बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनका बेला पनि अध्यक्ष, उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij