logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
आईजीपी नियुक्तिको निर्णयविरुद्ध सर्वोच्च जाने पोखरेल र थापाको तयारी

आईजीपी नियुक्तिको निर्णयविरुद्ध सर्वोच्च जाने पोखरेल र थापाको तयारी


301
SHARES

काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि देखिएको छ ।

एकै ब्याच भए पनि आफूभन्दा जुनयरलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका हुन् ।

पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताए ।

एक एआईजीले भने, “सरकारले न्याय गरेन । सर्वोच्च अदालतबाट न्यायको विश्वास गरेका छौँ । अदालत खुलेको दिन रिट दायर गर्छौँ ।”

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij