logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
राप्रपा प्रवेश गरेपछि सिलवालले भने– ‘भविष्यको अध्यक्ष म नै हुँ’

राप्रपा प्रवेश गरेपछि सिलवालले भने– ‘भविष्यको अध्यक्ष म नै हुँ’


8K
SHARES

काठमाडौं । हेमविक्रम सिलवाल नेतृत्व स्वातन्त्र नागरिक समाज राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।

आज (शुक्रबार) राष्ट्रिय प्रजातन्त्र पार्टीले खुल्ला मञ्चमा स्थानिय निर्वाचन लक्षित शक्ति प्रदर्शन गरेको थियो । सोहि कार्यक्रमकाबिच हेमविक्रम सिलवाल लगायत स्वातन्त्र नागरिक समाजका ९ जना राप्रपामा प्रवेश गरेका हुन् ।

हाम्रो सिङ्गो स्वातन्त्र नागरिक समाज नै राप्रपामा प्रवेश गरेको हो । हामी उपत्यकामा भएकाहरु पार्टी प्रवेश गरेका छौं । हाम्रा अन्य जिल्लाका सदस्यहरु उतैबाट पार्टी प्रवेश गर्नु हुन्छ । व्यंग्यात्मक शैलिमा उनले भने- ‘अब पार्टीले जिम्मेवारी दियो भने योजना केही बन्ला होइन भने ‘भोटर’ भइयो उनले दैनिक न्यूज नेपालसँग भने।’

अब त पार्टी छाड्नु हुन्न नि ? भन्ने पश्नमा उनले भने– ‘किन छोड्नु पर्यो पार्टी भन्या ? अब भविष्यमा त्यो राप्रपाको अध्यक्ष म नै हुँ । कहाँको पार्टी छोड्नु ? अब पार्टीमा लागिसकेपछि, म त हिजो पार्टीबाटै आएको मान्छे हुँ नि ! कमल थापासँग पो मेरो कुरा नमिल्या हो त ! २०६५ मा कमल थापासँग कुरा नमिलेर पो म पार्टी भन्दा बाहिर भएर १४ वर्ष नागरिक अभियान चलाको त उनले दैनिक न्यूज नेपालसँग भने ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij