दैनिक न्युज नेपाल
काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले हप्तामा २ दिन सार्वजनिक बिदा दिन निर्णय गरिएको छ।
बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव अनुसार मन्त्रीपरिषद्ले यो निर्णय गरेको हो ।
मन्त्रीपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको ती मन्त्रीको भनाई छ ।
मन्त्रिपरिषद्को निर्णय कार्यविधि बनाएर एक हप्ताभित्र कार्यान्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij