logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
मन्त्री विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च

मन्त्री विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च


297
SHARES

काठमाडौं । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन्।

मन्त्री थापाले विकास, निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गरेका हुन्।

२०७७ साल माघदेखि २०७८ फागुन मसान्तसम्म बैंक खातामा १३ लाख ६६ हजार ३ सय ६० जम्मा भएको मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए।

मन्त्री थापाले तलब भत्ता र सेवा सुविधाको रकममा व्यक्तिगत रकम थप गरी खर्च गरेका हुन्।

खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रूपमा नलिएको दोहोर्‍याए। “राजनीति मेरा लागि सेवा हो। पेशाका रूपमा कदापि लिएको छैन।

मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन। तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्नेभन्दा पनि निःस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखि नै त्यसैमा प्रतिबद्ध छु,” उनले भने।

मन्त्री थापाले आफू प्रदेश सांसद हुँदा होस् या अहिले मन्त्रीका रुपमा सेवा गरिरहँदा होस् प्रदेश सरकारबाट प्राप्त सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको र प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा समेत नलिएको बताए। उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि आफू प्रतिबद्ध रहेको समेत बताए।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij