logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
चीनसँग ऋण लिँदै लिन्नँ भन्न मिल्दैनः डा.राजन भट्टराई

चीनसँग ऋण लिँदै लिन्नँ भन्न मिल्दैनः डा.राजन भट्टराई


321
SHARES

काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले चिनियाँ विदेशमन्त्री वाङको भ्रमण असफल भयो भन्ने ठाउँ नरहेको बताएका छन् ।

डा.भट्टराईले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणको दुई वर्षपछि चिनियाँ विदेशमन्त्रीको पहिलो भ्रमण भएको छ । विदेशमन्त्री वाङको भ्रमणमा केही विषयमा समझदारी भयो ।

अझ धेरै विषयमा समझदारी हुनुपथ्र्यो भन्ने हो । तर असफल भयो भन्ने ठाउँ छैन । उहाँको भ्रमणबाट नेपालले के पायो, के पाएन भन्ने भन्दा पनि एकअर्कालाई नजिकबाट बुझ्ने र समान धारणा बनाउने अवसरका रुपमा बुझ्नुपर्छ । यस्ता उच्चस्तरीय भ्रमण नियमित भइरहनुपर्छ ।”

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा केही विषय छुटेको पनि उनले औंल्याए । डा. भट्टराईले भने, “चीन नेपालको विकासका लागि महत्तवपूर्ण साझेदार मुलुक हो । उसले पूर्वाधार, स्वास्थ्य र शिक्षामा ठूलो सहयोग गर्दै आएको छ ।

केरुङ—स्याफ्रुबेसीको काम, टोखा—छहरे सुरुङ मार्ग, बेत्रावती-स्याफ्रुबेसी सडक, चक्रपथ विस्तार, अरनिको राजमार्ग विस्तारका विषयमा कुराकानी भएनन् । नाका खोल्ने विषयमा, चीनमा अध्ययन गरेका प्राविधिक विद्यार्थीको फिर्ता बारे के भयो, मलाई थाहा छैन ।”

सन्तुलित सम्बन्ध चाहने हो भने चीनसँग अनुदान मात्र लिन्छु, ऋण लिँदै लिन्न भन्न नमिल्ने उनले औंल्याए । डा। भट्टराईले भने, “नेपाल बीआरआईको सदस्य भइसेको छ । यसको सहयोगका धेरै मोडल छन् । हाम्रो प्रयास अधिकतम अनुदानमा हुनैपर्छ ।

तर कमर्सियल लोनका प्रोजेक्ट र सस्तो ब्याजमा ऋण पनि बीआरआईमा छन् । पैसा आयो भनेर जुनसुकै आयोजना लिने होइन । आयोजना कस्तो छ, रिटर्न कस्तो दिन्छ पहिले प्रस्ट हुनुपर्यो । तर अनुदानबाहेक लिन्न भन्न मिल्दैन । श्रीलंकामा त्यस्तो भयो भनेर चुप लागेर बस्न मिल्दैन । ऋण घिउ खान लिने होइन । विश्व अर्थव्यवस्थामा अनुदान मात्र सम्भव छैन ।”

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij