logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
एकीकृत समाजवादीका दुई वडाध्यक्ष एमालेमा प्रवेश

एकीकृत समाजवादीका दुई वडाध्यक्ष एमालेमा प्रवेश


1.6K
SHARES

काठमाडौं । नेकपा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा गएका तनहुँका दुई वडाध्यक्ष फेरी नेकपा एमालेमै फर्किएका छन् ।

शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र शुक्लागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा फेरी एमालेमै फर्किएका हुन् ।

यस्तै, शुक्लागण्डकी–५ का वडासदस्य थपबहादुर थापाले पनि एकीकृत समाजवादी परित्याग गर्दै एमालेमा फर्किएको घोषणा गरेका छन् ।

तनहुँमा तत्तकालिन नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि मध्य १३ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । सनाखत गर्नेमा पाँच जना वडाध्यक्ष र आठ जना वडा सदस्य थिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij