logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छः बाइडेन

रुसले रासायनिक हतियार प्रयोग गरे नेटोले जवाफ दिन्छः बाइडेन


433
SHARES

काठमाडौं। रुस–युक्रेन युद्धको आज ३०औं दिन हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस संकटमा बिहीबार ब्रसेल्समा नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले जवाफ दिने बाइडेनले बताए । नाटोले रूसले प्रयोग गर्ने हतियारको समान प्रकारको जवाफ दिनेछ।

यससँगै शिखर सम्मेलनपछि बाइडेनले सञ्चारमाध्यमसँग भनेका छन् ‘हामीले चीनलाई स्पष्ट चेतावनी दिएका छौं कि यदि उसले रुसलाई सहयोग गर्छ भने उसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्नेछ ।

हामीले उनीहरूलाई धम्की दिएका छैनौं, तर चिनियाँ राष्ट्रपतिलाई रुसलाई सहयोग गर्ने नतिजा राम्ररी थाहा छ।’

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij