logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
अस्तित्व खतरामा परे आणविक हतियार प्रयोग गर्छौंः रूस

अस्तित्व खतरामा परे आणविक हतियार प्रयोग गर्छौंः रूस


495
SHARES

काठमाडौं। रूस सरकारका प्रवक्ता देमिट्री पेस्कोभले आफ्नो अस्तित्व खतरामा परेमात्रै रूसले आणविक हतियार प्रयोग गर्ने बताएका छन्।

सीएनएनका अन्तर्वार्ताकार क्रिष्ट्रियन अमानपोउरले सोधेका थिए, ”के भ्लामिदिर पुटिनले युक्रेनको सवालमा आणविक हतियार प्रयोग गर्दैनन् भनेर तपाई विश्वस्त हुनसक्नुहुन्छ रु”

यसबारे पेस्कोभले भने,”हाम्रो देशको अस्तित्वमै खतरा भयो भनेमात्रै आणविक हतियार प्रयोग गर्छौ।” उनले थपे,”यदी हाम्रो देशको अस्तित्वमा खतरा पैदा भयो भने हाम्रो कन्सेप्टअनुसार यसको प्रयोग गर्नसक्छौं।”

यसअघि रूसले युक्रेनमा आक्रमण थालेकोे केही दिनभित्रै (२८ फेब्रुअरीमा) रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो आणविक फौजलाई विशेष सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका थिए।

अमेरिकाको निन्दा
अमेरिकी रक्षा मन्त्रालयले पेस्कोभको यस टिप्पणीको निन्दा गरेको छ। रक्षामन्त्रालयका प्रवक्ता जोन किर्बीले आणविक हतियारका विषयमा रूसले गरेको टिप्पणी खतरनाक रहेको बताए। ”यो आणविक शक्तिले गर्ने जिम्मेवार व्यवहार होइन।”

अमेरिकाले युक्रेनको अवस्थालाई नजिकबाट नियालिरहेको उनले बताए। अमेरिकाका पूर्व रक्षामन्त्री लियोन पेनेट्टाले पनि पेस्कोभको टिप्पणीको निन्दा गरे।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij