दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका बारेमा विगतमा फैलाइएका भ्रमबाट मुक्त हुँदै दैनिक ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।
सोही कार्यक्रममा प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी आजदेखि एमालेमा विलय भएको घोषणा गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रेमबहादुर सिंहसँग २०३० सालको सुरुवातमा भारतको दरभंगामा भेट भएको बताए । त्यसबेला आफू भूमिगत रुपमा काम गर्दै हिँडेको उनले सुनाए ।
प्रेमबहादुर सिंह नेकपा एमालेका लागि अपरिचित र नयाँ नरहेको भन्दै उनले लामो समय एमालेमै रहेर काम गरेका प्रभावशाली नेता रहेको बताए ।
उनले प्रेमबहादुर सिंहको स्वास्थ्य अवस्थाको प्रशंसा गर्दै ‘उमेरको तुलनामा भर्खरकै’ देखिएको बताए । ओलीले भने, ‘कर्णालीको हावापानी, यार्सागुम्बा खाएको मान्छे यस्तै हुन्छ ।’
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij