logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
पूर्वअर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउदै !

पूर्वअर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउदै !


721
SHARES

काठमाडौं। अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिङटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गरेका छन्।

अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उनले राजीनामा दिएका थिए।

वासिङटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउँछन्।

अमेरिका पुगेपछि पेयन्दाले आफ्नो परिवारसँग पुनर्मिलन भएको बताएका थिए। कुनै बेला उनले अमेरिकाले अफगानस्तिानलाइ सहयोग प्रदान गरेको ६ अर्ब डलर रकमको व्यबस्थापन गरेका थिए।

राजधानी काबुलबाट वासिङटनसम्मको आफ्नो सङ्क्रमणकालीन अवधिलाई पेयन्दाले ‘बिल्कुल परिवर्तन’ भनेका छन्।

काबुल ढलेको महिनौँपछि पनि पेयन्दाले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार चाँडो पतन हुनुमा आफ्ना सहकर्मीसँगै आफू पनि जिम्मेवार रहेको बताउँछन्।

उनी भन्छन्, ‘सुधार गर्ने र गम्भीर बन्ने सामूहिक इच्छा थिएन्। देश तालिबानलाई सुम्पिएकोमा उनले अमेरिकाकोसमेत आलोचना गरे।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij