दैनिक न्युज नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री उम्मेदवारी रेखा थापा
काठमाडौं । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवस, विश्वभर महिला अधिकारको आवाज उठाउँदै मनाइँदै छ।
यस अवसरमा नेपालमा पनि महिलाविरुद्ध हुने भेदभाव, हिंसाको विरोध गर्दै विभिन्न कार्यक्रम गरिँदै छ।
यसै सन्दर्भमा अभिनेत्री रेखा थापाले भने महिला दिवस पुरुषविरुद्ध होइन, उनीहरूलाई पनि पीडा रहेको बताएकी छन्।
मंगलबार बिहान ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै थापाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ।’
पुरुषहरूले पाएको दुःख घटाउन घरमा एउटा योद्धा छोरी जन्मिनुपर्ने उनले उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘कमजोर महिलाको पति, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन्।’
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij