logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
युक्रेनी राष्ट्रपति जेलेन्स्की देश छाडेर भागे !

युक्रेनी राष्ट्रपति जेलेन्स्की देश छाडेर भागे !


6.2K
SHARES

काठमाडौं । रुसी सेनाले युक्रेनमाथि शैनिक हमला सुरु गरेको शुक्रवार ९ दिन पुगेको छ। युद्धको नवौँ दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको समाचारहरु प्रकाशित हुन थालेका छन् । तर, यी समाचारहरु रुसी सञ्चार माद्यमले प्रकाशित गरिरहेका छन् ।

रुसी सञ्चारमाध्यमहरूले उनी भागेर पोल्यान्ड पुगेको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई दिन पहिलामात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक परे जेलेन्स्कीलाई एयरलिफ्ट गरिने बताएका थिए । तर, जेलेन्स्कीले अन्तिमसम्म लड्ने र अमेरिका नजाने बताएका थिए ।

उनी लगातार सामाजिक सञ्चाल मार्फत भिडियो म्यासेजहरु सार्वजनिक गरिरहेका थिए ।

यसैबीच शुक्रबार रुसी सेनाले युरोपकै ठूलो न्युक्लियर पावर प्लान्टमा पनि कब्जा गरेको जनाइएको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij