logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
युक्रेनका नेपाली युवक भन्छन्- म रुसबिरुद्ध युद्धमा होमिन्छु

युक्रेनका नेपाली युवक भन्छन्- म रुसबिरुद्ध युद्धमा होमिन्छु


4.3K
SHARES

काठमाडौँ । हाल युक्रेनमा रहेका नेपाली युवा प्रताप बस्नेत युक्रेनी सेनामा भर्ति भएर रुसविरुद्धको युद्धमा होमिने भएका छन्।

युक्रेनको भुमिमाथि हस्तक्षेप गर्ने रुसको कुनै अधिकार नभएको भन्दै उनले अन्तिम सास बाँकी रहेसम्म आफू युक्रेनका लागि लड्ने बताएका छन्।

आफू युक्रेनी सेनामा भर्ति भएर रुसविरुद्ध लड्न लागेको भन्ने उनको भिडियो स्थानीय सञ्चारमाध्यमहरुमा प्रकाशित भएको छ। उक्त भिडियो अहिले सामाजिक सञ्जालमासमेत फैलिरहेको छ।

‘यो युकेनको भूमि हो। युक्रेनले गर्ने निर्णयमाथि रुसलाई हस्तक्षेप गर्ने कुनै अधिकार छैन,’ उनले भिडियोमा भनेका छन्, ‘म युक्रेनी सेनाको क्याम्प अगाडि छु। मलाई मेरो सही निर्णयमाथि गर्व छ।’

उनी भिडियोमा हातमा केही डकुमेन्ट बोकेर युक्रेनी सेनाको क्याम्पतर्फ जाँदै गरेका देखिन्छन्। उनले आफू नेपालको कुन ठाउँबाट हो भन्नेबारे केही बताएका छैनन्।

उनी भन्छन्, ‘यो अवस्थाका कारण म रातभरी सुत्न सकेको छैन। यो मानवता र मानवअधिकारको कुरा हो। मैले आफूलाई सुरक्षित महशुस गरेको छैन।

म युक्रेनका लागि केही गर्न चाहन्छु। म युक्रेनमा काम गर्छु। मलाई युक्रेनले धेरै दिएको छ। अप्ठ्यारो परेको बेला युक्रेनलाई सहयोग गर्नु मेरो कर्तव्य हो।

त्यसैले म युक्रेनी सेनामा भर्ति हुँदैछु। मलाई गर्व छ, म मेरो अन्तिम साससम्म युक्रेनका लागि लड्ने छु।’

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij