दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि सत्तामा आउन नदिन एमसीसी पास गर्नुपरेको बताएका छन्।
आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यसो भनेका हुन्। एमसीसीका नाममा गठबन्धन फुटाउन खोजियो। संघदेखि प्रदेशसम्मका सरकार फेरबदलका कुरा पनि आएु उनले कांग्रेस र एमालेको वार्ताबारे संकेत गर्दै उनले भने, फेरि पुरानै अवस्था दोहोरिन नदिन, प्रतिगमन आउन नदिन हामीले एमसीसी पास गरेका हौँ। भएभरका उपलब्धि उल्ट्याउने खेल भएपछि यो कदम चाल्नुपरेको हो।
उनले एमसीसीको ११ बुँदे व्याख्या महाकाली सन्धिको प्रस्तावना जस्तो नभएको पनि बताएका छन्। यसले कानुनी मान्यता पाउँछ।
यो महाकाली सन्धिको प्रस्तावना जस्तो होइन उनले हाम्रो व्याख्याले कानुनी मान्यता पाउँछ। अन्तर्राष्ट्रिय सन्धिअनुसारको मान्यता पाउने कुरा भएको छ। अमेरिकी दूतावास पनि यसमा सकारात्मक छ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij