दैनिक न्युज नेपाल
थुप्रै पटक म सोच्थेँ कि पुटिनले यस्तो कहिल्यै पनि गर्नेछैनन् तर पछि उनले ठयाक्कै त्यहि काम गरे । उनले कहिल्यै क्रामियालाई मिलाउने छैनन् ? तर उनले मिलाए ।
उनले डोनबासमा कहिल्यै युद्ध सुरु गर्ने छैनन् तर गरे । उनले कहिल्यै युक्रेनमा पूर्ण रुपमा हमला गर्ने छैनन् तर यो पनि गरिदिए ।
यस्तो लाग्छ कि ‘कहिल्यै यस्तो गर्ने छैनन्’ भन्ने कुरा पुटिनमाथि ‘लागू नै हुँदैन’ । यो स्थितिमा एक असहज गर्ने प्रश्न उठिरहेको छः के उनले कहिल्यै परमाणु बटन दबाउने छैनन्…. के यस्तो गर्लान् ? यो सैद्धान्तिक जवाफ मात्रै होइन ।
पुटिनले देशको न्युक्लियर फोर्सलाई विशेष अलर्टमा राखेका छन् । रुसका अनुसार नेटो नेता युक्रेनको विषयमा आक्रामक बयान दिइरहेका छन् ।
पुटिनले जब युक्रेनमा विशष सैन्य अभियान घोषणा गरेका थिए तब उनले चेतावनी दिँदै भनेका थिए, ‘कसैले बाहिरी हस्ताक्षेर्प गर्नेबारे सोचिरहेका छन् भने उसले यस्तो मूल्य चुकाउनुपर्छ कि जुन अतितमा पहिला कहिल्यै चुकाउनुपरेको थिएन ।’
नोवाया ग्याजेट न्युजपेपरका प्रधान सम्पादक र नोबेल शान्ति सम्मान हासिल गर्ने दिमित्री मरातोवले पुटिनको शब्द सिधा परमाणु युद्धको धम्कीजस्तै भएको बताएका छन् । उनी भन्छन्, ‘रुसले जे चाहन्छ त्यो हुँदैन भने रुसको यो धम्कीले सबैकुरा ध्वस्त पारिदिनेछ ।’
यदि पुटिन न्युक्लियर बटन दबाउने निर्णय गर्छन् भने कसैले उनलाई रोक्ने क्षमता राख्छन् ? मरातोवका अनुसार रुसी शासनमा समावेश मानिस पुटिनविरुद्ध जने छैनन् र उनीहरु शासकसँगै रहनेछन् । रुसी शासनमा पुटिन नै सबै हुन् ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij