दैनिक न्युज नेपाल
काठमाडौं । युके्रनले रुसी आक्रमणको सामना गरिरहेको छ । मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन् । रुसी सेनाहरु पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरुमा युक्रेन छिरेका छन् ।
रुस र युक्रेनबीच विगत आठ वर्षदखि तिक्तता देखिँदै आएको छ । सन् २०१४ मा रुसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फइदा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपमा सैन्य नियन्त्रण कायम गर्न थालेको थियो ।
युक्रेनको सेना र रुसी समर्थित विद्रोहीबीच पूर्वी युक्रेन दोनबासमा भने कहिल्यै युद्ध समाप्त भएन । युद्धमा अहिलेसम्म करिव १४ हजार मानिसहरुको मृत्यु भएको छ ।
को हुन भोलोदिमिर जेलेन्स्की ? भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए । सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन् ।
जेलेन्स्की त्यो समयमा अभिनेता र स्टयान्ड अप कमेडियन थिए । उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन् । उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘कार्टल १५’ बनाएका थिए । यो समूहले टेलिभिजन कार्यक्रमहरु उत्पादन गरेको थियो ।
उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए । सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो । सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
जेलेन्स्कीको जीवन र करियर अन्य अन्तराष्ट्रिय नेताहरुको तुलनामा सामन्य छ । उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ । तर, उनले सहासका साथ यी संकटका सामना गरिरहेका छन् ।
जेलेन्स्की विवाहित हुन र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो । दुबैका सन्तान पनि छन् । उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वधिद्यालयबाट कानुामा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी गरे ।
राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ । यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रुसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन् । उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रुस समर्थक राजनीतिक समूहहरु विरुद्ध कडा कदम चलेका थिए ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij