दैनिक न्युज नेपाल
काठमाडौं । नेकपा एमालेका अधिकांश सांसदहरुले आफूहरु एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि पुगेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा पार्टीका ९० प्रतिशत भन्दा धेरै सांसद रहेको बताएका हुन्।
एमाले प्रमुख सचेतक विशाल भट्टराईलगायत केही सांसदहरूले आज ओलीलाई भेटेका थिए। भेटका क्रममा सांसदहरूले धेरैले एमसीसीको विपक्षमा जान जनदबाब आएको बताएका थिए। तर त्यसबारे ओलीले केही जवाफ भने दिएनन्।
‘उहाँले टाउँको मात्र हल्लाउनु भयो केही प्रतिक्रिया दिनु भएन’ एमालेका एक सांसदले भने।
सरकारले आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको जनाइएको छ। तर एमालेले भने कार्यव्यवस्था समितिको बैठकमा नजाने र संसद अवरोधलाई निरन्तरता दिने जनाएको छ।
© Dainik News Nepal PVT. LTD. All right reserved | Site By : sobij