logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
म त अमेरिकासँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छुः प्रचण्ड

म त अमेरिकासँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छुः प्रचण्ड


307
SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा ठूला शक्ति केन्द्रहरुसँग कुनै न कुनै रुपमा संलग्न रहेको थाहा पाएपछि नेपालमा राष्टिय सहमति कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले एमसीसीलाई लिएर अमेरिकाले लिने भए लेउ भन्ने खालको भाषा प्रयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसीमा सबै दलबीच सहमति गरेर जानु नै मुलुक र जनताको हित हुने दाबी गरे ।

उनले अहिले एमसीसीमा सहमति कायम गर्नको लागि आफूले पहल गरिरहेको पनि सुनाए । उनले आफूले अमेरिकासँग राम्रो सम्बन्ध होस भन्ने चाहेको स्पष्ट पारे । उनले अमेरिकासँग मात्रै नभएर सबैसँग राम्रो सम्बन्ध राखेर जानुपर्ने बताए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij