logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
प्रचण्ड चीनबाट सञ्चालित !

प्रचण्ड चीनबाट सञ्चालित !


487
SHARES

काठमाडौं । तराई मधेश केन्द्रित दलका नेताले मधेशवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्।

दाहालले बिहीबार एक सार्वजनिक कार्यक्रममा मधेश केन्द्रित दलहरू विदेशी शक्तिले बनाएको आरोप लगाएका थिए। दाहालले शान्ति सम्झौतापछि सिंगो मधेश माओवादीमय भएको र यसबाट आत्तिएका विदेशी शक्तिले मधेश केन्द्रित दलहरू बनाएको आरोप लगाएका थिए।

जनता समाजवादी पार्टीका नेता मनिष सुमनले दाहालबाट यस्तो अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र दुभाग्र्यपूर्ण भएको बताउँदै भने, ‘दाहाल आफैं विदेशबाट सञ्चालित छन्। उनी चीनबाट सञ्चालित नेता हुन्।’ आफूहरू राष्ट्रियताप्रति हृदयदेखि नै प्रतिबद्ध भएको बताउँदै सुमनले थपे, ‘यो देशको मूल नेपाली भनेको हामी हौं।

हामी कतैबाट सञ्चालित छैनौं। आफ्नो माटोप्रति प्रतिबद्ध छौं।’ दाहालको बोलीको ठेगान नभएको आरोप पनि उनले लगाए। ‘उहाँले कुन बेला के भन्नुहुन्छ, पत्तै हुन्न। उहाँको बोलीको ठेगान हुँदैन। विदेशबाट सञ्चालित भएको व्यक्तिको बोली यस्तै हुन्छ’, उनले भने।

-नागरिक दैनिकबाट

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij