logo
शुक्रबार, साउन १५ २०८३
  • ट्रेन्डिङ
एमसीसीमा दलीय सहमति नभए संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्छः शेखर कोइराला

एमसीसीमा दलीय सहमति नभए संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्छः शेखर कोइराला


407
SHARES

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता शेखर कोइरालाले लिखित प्रस्ताव प्रस्तुत गरेका छन् ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा जारी बैठकमा उनले अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता सकेसम्म दलीय सहमति नभए संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्ने मागसहितको लिखीत प्रस्ताव प्रस्तुत गरेका हुन् ।

एमसीसीको बिषय टुंगो लगाउन नसके सरकार, गठबन्धन र कांग्रेसमाथि प्रश्न उठ्ने उनले जनाए ।

सकेसम्म सहमति नभए संसदीय प्रक्रियाबाट अनुमोदन गर्नुपर्नेमा उनले जोड दिएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

उनले न्युज कारखानासँग कुरा गर्दै भने, ‘नेता कोइरालाले बैठकमा लिखित प्रस्ताव मार्फत अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन पार्टीको विधानअनुसार फागुन १० गतेभित्र गर्न माग राख्नु भएको छ ।’

यस्तै म्याद समाप्त भएका भातृ संघ तथा सुभेच्छुक संस्थाको विधान अधिवेशन प्रक्रिया पनि सुरु गरिहाल्न नेतृत्वलाई सुझाव दिएका छन् ।

नेता कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न पनि प्रस्ताव राखेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि कोइराला समूहले बैठकमा प्रस्तुत गर्ने रणनीतिबारे छलफल गरेको थियो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij