logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले

सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले


373
SHARES

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।

मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीको स्वास्थ्यअवस्थाको जानकारी लिएका हुन् ।

जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेको छ । तर,मन्त्री आलेले जोशीको उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij