logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
चुनावलाई स्वागत गर्दै एकीकृत समाजवादीले भन्यो- गठबन्धन एकताबद्ध भएर जाऔँ

चुनावलाई स्वागत गर्दै एकीकृत समाजवादीले भन्यो- गठबन्धन एकताबद्ध भएर जाऔँ


431
SHARES

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय चुनाव घोषणा गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको १३ औँ बैठकले आगामी वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्नेगरी स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा सो घोषणाको सहर्ष स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको हो ।

निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएकोमा गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई पनि धन्यवाद दिने निर्णय बैठकले गरेको छ ।

पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, लोकतन्त्रको उच्चतम प्रयोग र सुन्दरता भनेको नै निर्वाचन होर निर्वाचनमा गएर सर्वोत्कृष्ट हुने कुरा हाम्रा लागि गौरवको कुरा हो ।

यस तथ्यलाई ध्यानमा राख्दै आगामी निर्वाचनमा हाम्रो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्दछ ।

पार्टीले गठबन्धनको एकता कायम राख्दै, गठबन्धनको शक्ति सम्पूर्ण रुपमा निर्वाचनमा केन्द्रित हुन जरुरी रहेको पनि बताएको छ ।

पार्टीले गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन आव्हान समेत गरेको छ ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij