logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
एमसीसीविरुद्ध सत्ता गठबन्धन दल जनमोर्चासहित कम्युनिस्ट पार्टीहरू आन्दोलनमा

एमसीसीविरुद्ध सत्ता गठबन्धन दल जनमोर्चासहित कम्युनिस्ट पार्टीहरू आन्दोलनमा


351
SHARES

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा एमसीसीविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले अपिल समेत गरेका छन् ।

बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक

समाजवादी कम्युनिष्ट पार्टीका संयोजक आहुति, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

उनीहरुले माघ २५ गते देशभर संयुक्त कोणसभा गर्ने तथा २६ गते १२ बजे माइतीघरबाट जुलुसहित संसद् भवन अगाडि विरोध प्रदर्शन गर्ने र देशैभरका सदरमुकामहरूमा संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij