logo
बिहिबार, साउन १४ २०८३
  • ट्रेन्डिङ
चुनावको मिति सोमबार घोषणा हुन्छः मन्त्री कार्की

चुनावको मिति सोमबार घोषणा हुन्छः मन्त्री कार्की


372
SHARES

काठमाडौँ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचन घोषणा हुने बताएका छन् ।

निर्वाचनको मिति घोषणामा सरकारले आलटाल गरिरहेको भन्दै आलोचना भइरहेका बेला मन्त्री कार्कीले मिति घोषणमा सरकार प्रतिबद्ध रहेको कान्तिपुरलाई बताए ।

भोलि (सोमबार) मन्त्रिपरिषद्को बैठक बसेर जेठ ४ गने चुनाव गर्न निर्णय गरिन्छु मन्त्री कार्कीले  भने,’ अहिले मिति घोषणाको सम्बन्धमा जुन किसिमको कुरा गरिदैँछ यसमा कुनै किसिमको द्वविधामा नरहन म सबैमा आग्रह गर्दछु ।ु

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव सम्पन्न गर्ने कार्कीले जानकारी दिए । आयोगले सिफारिस गरेको एकसाता भईसक्दा पनि मिति घोषणा नगरेपछि सरकारले आलटाल गर्न खोजेको हो कि भन्ने श‌ंका उत्पन्न भएको थियो ।

प्रतिक्रिया
ट्रेन्डिंग इस्यु
सम्बन्धित समाचार

© Dainik News Nepal PVT. LTD. All right reserved  | Site By : sobij